समाचार

माँ कसम’ भन्दै रेखा यसरी बनिन् गायिका

माँ कसम’ भन्दै रेखा यसरी बनिन् गायिका

पौष २२ रेडियो नयाँ कर्णाली

चर्चामा आउनका लागि त नायिका रेखा थापालाई कसले सक्छ र ? नेपाली चलचित्रका नायिकाहरु गायिका भन्दै युटुबमा भटाभट गीत अपलोड गरिरहेका छन् । तर, रेखा भने युटुबका लागि गीत नगाउने बताउँछिन् । उनले आफूले चलचित्रको लागि मात्र पाश्र्व गायिकाको रुपमा गीत गाउने बताइन् ।

उनै नायिका रेखा थापा काठमाण्डौको एक स्टूडियोमा गीत रेकडिङ गर्दै गरेको अवस्थामा भेटिइन् । ‘माँ कसम, माँ कसम’ भन्दै रेखाले गीत गाइन् । उनलाई गायक प्रल्हाद तिमिल्सिनाले साथ दिए ।

रेखाले रंग पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा बन्न लागेको चलचित्र ‘लालजोडी’का लागि आवाज दिएकी हुन् । निखिल उप्रेतीको अभिनय रहने बताइएको यो चलचित्रका अन्य कलाकार चाडै नै घोषणा गरिने लक्ष्मणले बताए । थानेश्वर गौतमको संगीत रहेको यो गीतमा लक्ष्मणकै शब्द छ ।
रेखाले यो गीत गाउन अप्ठ्यारो हुने भएपनि आफूले सकेको मिहिनेत गरेको बताइन् ।

श्रोताले गीतलाई मन पराउने दाबी रेखाको छ । गायक तिमिल्सिनाले रेखासँग गीत गाउदा खुशी भएको बताए । उनले रेखाकै नामले गीतको चर्चा भएपनि आफूलाई दुख नहुने खुलाए ।

चलचित्र ‘बर्षात’को एक गीतमा आवाज दिएकी रेखाले बेला बेलामा गीत गाउँदै आएकी छिन् । उनले आफ्नै निर्माणमा बनेको चलचित्र ‘रामप्यारी’मा संगीत दिएकी थिइन् ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल