समाचार

बुबाको शव लिन छोरा मलेसिया पुगे

बुबाको शव लिन छोरा मलेसिया पुगे

मलेसियाबाट एउटै जहाजमा दुईटा शव ल्याइँदै

विदेशमा कमाउन गएका परिवारका आफन्तहरु आफनो मान्छे आउने दिनमा एयरपोर्टमा लिन जान्छन । खुशियाली साटासाट गर्छन । तर भुक्लिचोक ४ गोर्खाका सुमन गुरुङ भने आफनो वुवाको शवको चाजोपाजो मिलाएर मलेसियाबाट मंगलवार फर्कदैछन । बुबाको शव मलेसिया एयरलाइन्स विहान पोनै ९ वजे नेपाल उडिसकेको छ भने सुमन एयर एसियावाट दिउसो करिब १२ वजे नेपाल फर्कदैछन ।

‘प्राविधिक कारणले गर्दा नेपाल फर्कंदा शवसंगै रहेको प्लेनमा र्फकन पाईन’ उनले भने । नेपालको एयरपोर्टमा भने सुमनले वुवाको शव रिसिभ गर्नेछन । सात महिना अगाडि मात्रै रोजगारीको लागि मलेसिया आएका जीतवहादुर गुरुङकोे गएको बुधवारका दिन ज्यान गएको थियो ।

मंसिर २९ गते राम्ररी खानाखाएर सुतेका गुरुङ एक्कासी विस्तरामै वेहोस भएपछि उपचारको लागि केलाङ अस्पतालमा लगिएको थियो । केलाङ अस्पतालले सुगाई वुलो अस्पतालमा रिफर गरेको थियो । सुगाई वुलो अस्पतालमा टाउकोमा रगत जमेको देखिएपछि सफल अप्रेशनभई पुन केलाङ अस्पतालमा उपचार भैरहेको अवस्थामा उनको ज्यान गएको थियो ।

क्वालालम्पुरवाट करिव एक घण्टा टाढा रहेको शाह आलमको सेक्सन १६ मा रहेको एक जर्मन कम्पनीमा गुरुङ कार्यरत रहेका थिए । जीतवहादुर विरामी भएपछि कम्पनीले नेपालमा रहेको श्रीमती र छोरालाई मलेसिया झिकाएको भएपनि छोरा सुमनमात्र मलेसिया आएका थिए । वुवालाई भेट्न आउनको लागि नेपालमा सुमनको भिषा लागेकै दिन वुवा जीतवहादुरको मलेसियामा ज्यान गएको थियो । वुवाको मुख देख्न त पाईन वुवाको शव लिन भएपनि आए मलेसियाको एयरपोर्टवाटै टेलिफोन भने ।

यसैगरी राजपुर गाविस वडा न ४ दाङका आशाराम यादवको शव पनि मंगलवार नै नेपाल फर्कदै छ । गएको डिसेम्वर २३ तारिखका दिन साथीसंग आल्मुनियमको पाईपमा प्लाष्टिक जोडदा जोडदै उनी सोहि ठाउँमा ढलेका थिए । २० वषिर्य अविवाहित यादव १६ महिना अगाडिमात्रै रोजगारीको लागि मलेसिया आएका थिए । यादको शव लिन यादवका वुवा रामकिसुन यादव अहिले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा छोराको शव कुर्दैछन ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल