समाचार

अक्षय कुमार भन्छन्-‘आतंकवादीलाई घरमै छिरेर मार्नुपर्छ’

अक्षय कुमार भन्छन्-‘आतंकवादीलाई घरमै छिरेर मार्नुपर्छ’


भारतको पठानकोटमा भएको आतंकवादी हमलापछि बलिउड नायक अक्षय कुमार आक्रोशित देखिएका छन् । उनको भनाई छ कि अब आतंकवादीलाई घरमै छिरेर मार्नुपर्छ ।

लखनउमा आयोजना भएको एक कार्यक्रममा पुगेका अक्षयले भारतले पठानकोट हमालाको दरिलो जवाफ दिनुपर्नेर् बताए । उनले भने-‘अब त्यो समय आइसकेको छ । अब पाकिस्तानलाई इट्टाको जवाफ पत्थरले दिनुपर्ने बेला आएको छ ।’आतंकवादबाट मुक्ती पाउनु अरु कुनै उपाय नभएको अक्षयको भनाई छ । उनले एउटै उपाय सुल्झाए-‘आतंकवादीको घरमै छिरेर मानुपर्छ ।’

जनवरी २२ बाट अक्षय अभिनित चलचित्र ‘एयरलिफ्ट’ प्रदर्शनमा आउँदैछ । यो चलचित्रको प्रचारका लागि अक्षय लखनउ पुगेका हुन् ।

 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल