समाचार

पोदमारा अबरुद्ध बिद्युत्त सुचारु गर्न यूवाहरुको दवाब, राजनितिक दलको समर्थन

मंसिर ७ भरतराज विष्ट
कालीकोट जिल्लाको एक मात्र पोदमारा बिद्युत्त गृहलाई दिर्घकालीन रुपमा सुचारु गर्न जिल्लाका यूवाहरुले सरोकारवालाहरु सँग दवाद दियपछि राजनितिक दलले आज समर्थन जनाएका छन । बिद्युत्त गृह बन्द भएको महिनौ दिन बितिसक्दा पनि बिद्युत्त प्राधिकरणले वेवास्था गरेको भन्दै जिल्ला स्थित यूवाहरु र केहि राजनितिक दलका प्रतिनिधिहरुको संयूक्त टोलीले स्थानिय बिकास अधिकारि टिकाराम ज्ञवाली सँग वैकल्पिक उपायका बारेमा छलफल गर्दै अबको १० दिन भित्र बिद्युत्त सुचारु नगरे कालीकोटे यूवाहरु आन्दोलनमा उत्रने समेत चेतावनि दियका छन । २०७० साल असाढ ४ गते अबरुद्ध भएको बिद्युत्त ३ बर्ष पछि बल्ल तल्ल सुचारु भएपनि बनाएको २ महिना नपुग्दै पुन नहर भत्केपछि बिद्युत्त अबरुद्ध भएको हो । अबरुद्ध बिद्युत्तलाई सुचारु गर्न जिल्ला बिकास समितिको कार्यालयबाट खटाइएको टोलीले जम्मा ४० लाखमा बनाउन सक्ने स्टामेट तयार पारेपनि अहिले बिद्युत्त अबरुद्ध भएको महिनौ दिन बितिसक्दा पनि कसैको पहलले पुर्णता नपाएपछि कालीकोटे यूवाहरु सकृय हुने बताएका हुन । जिल्लामा बिद्युत्त नभएपछि सरकारि तथा गैरसरकारि कार्यालयको कामकाज ठप्प हुनुका साथै ब्यापार ब्यबसायमा पनि असर परेको छ । स्थानिय बिकास अधिकारि ज्ञवाली सँगको छलफलमा नेपाली काँग्रेसका यूवा नेता दमनबहादुर शाहीले आफनो फेसवुक सामाजिक सञ्जालमा लेखेजस्तै गरि भन्नु भयो । कालिकोट मा सबैले बिकास का कुरा मात्र गर्छन कालिकोट मा भासण गर्दा सबै आफु मात्रै गर्ने अरु ले केहि गर्दैनन भन्ने जस्तो कुरा गर्छन्न तर कालिकोट उज्यालो बाट अनधकार भयको २ महिना हुन लागिसक्यो अब पनि जिल्ला का सरोकार वाला बाट पहल १० दिन भित्र भयन भने शान्नी रास्कोट क्षेत्र का सकृय युबा हरु ले आफै काम गर्न तयारी गरी पोदमार भात्कियको नहर बनाउने छ्न ।कालिकोट उज्यालो १ महिना भित्र हुने छ । यस्तै गरि अर्का नेपाली काँग्रेसका पार्टि प्रवक्ता नन्दबहादुर शाही घमनले जिल्लाका सरोकारवालाहरुले समयमै  यस्ता कामहरुका बारेमा छिटो छरित्रो नसोचे आगामि दिनमा राजनितिकदलहरुे असहयोग गर्ने बताउनु भयो । फेरि उहाँले थप्नु भयो नानुभाउ आयो गुलेली खेलायो भने जस्तै कालीकोटमा बिद्युत्त प्राधिकरणले नग्रन आग्रह गर्नु भयो । स्थानिय बिकास अधिकारि टिकाराम ज्ञवालीको कार्यकक्षमा भएको छलफलमा बिभिन्न वैकल्पिक उपायहरुका बारेमा छलफल हुनुका साथै स्थानिय बिकास अधिकारि टिकाराम ज्ञवालीले बिद्युत्तकोे नहर मर्मत गर्न पैसाको समस्या नभई अख्तियारिको समस्या भएको बताउनु भएको थियो । यहि बिषयमा आधारित भोली जिल्ला स्थित राजनितिक दल तथा अन्य सरोकारवालाहरुको बैठक समेत बस्ते बताइएको छ


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल