समाचार

सिरियामा विद्रोही समूहका प्रभावशाली नेताको गोली हानी हत्या

अज्ञात बन्दुकधारीको एक समूहले सिरियाको प्रमुख केन्द्रीय राज्यका प्रभावशाली नेता अबु–रातेब–अल हम्सीलाई मंगलबार गोली हानी हत्या गरेको बेलायतस्थित सिरियाली मानवअधिकार संस्थाले बुधबार जनाएको छ ।  

सिरियाली अहरार अलसाम इस्लामिक विद्रोही समूहका नेता लानिब अल नहहासले पनि अलहम्सीको मृत्युको खबर पुष्टि गर्दै उनको मृत्युप्रति शोक प्रकट गरेको खबर उनको ट्वीटमार्फत् सार्वजनिक गरिएको छ ।  

सिरियाली मानवअधिकारवादी संस्थाले अलहम्सी आफ्नो कारमा श्रीमतीसहित यात्रा गरिरहेको अवस्थामा सिरियाको फारहानिहाट्ट भन्ने गाउँमा मारिएको बताएको छ । 

 अलहम्सीकी श्रीमती घटनामा घाइते भएको पनि उक्त संस्थाले जनाएको छ । 

 होम्समा विद्रोही समूहका केही अन्य स्थानीय नेताहरुकोे गएका केही सातायता विभिन्न घटनामा मृत्यु भएको छ ।  

अलहम्सीको हत्याको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको बताइएको छ । 

 अहरार अलसाम सिरियामा आन्दोलनरत् एक शक्तिशाली विद्रोही समूह हो । यसले विगत केही वर्षदेखि राज्यका विभिन्न स्थानमा आफ्ना आन्दोलनका गतिविधि सञ्चालन गर्दै आएको छ । 

 

 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल