समाचार

सौर्यमण्डलमा नयाँ ग्रह भेटियो, पृथ्वीभन्दा १० गुणा ठूलो

सौर्यमण्डलमा नयाँ ग्रह भेटियो, पृथ्वीभन्दा १० गुणा ठूलो

२०७२ माघ ८ गते  रेडियो नयाँ कर्णाली 
अमेरिकी खगोलविद्हरुले सौर्यमण्डलमा एक नयाँ ग्रह फेला पारेका छन् । उनीहरुका अनुसार यो ग्रह पृथ्वीको आकारभन्दा १० गुणा ठूलो रहेको छ ।
क्यालिफोर्निया इन्स्िटच्युट अफ टेक्नोलोजीका शोधकर्ताले उक्त नयाँ ग्रहको नाम प्लानेट नाइन अर्थात् नवौँ ग्रह राखेका छन् । यो ग्रहले बरुण ग्रहभन्दा अरबौँ माइल टाढाबाट सूर्यलाई परिक्रमा गरिरहेको छ ।यद्यपि कम्प्युटर मोडलिंगमा आधारमा यो शोधको नतिजा निकालिएको हो । तर सौर्यमण्डलमा यो नवौँ ग्रह अस्तित्वमा रहेको आफुलाई पूर्ण विश्वास रहेको शोध रिपोर्टका सह लेखक कोनस्टान्टिन बेटेगिनले बताएका छन् ।यो निकै आश्चर्यजनक खोज रहेको र यसले आकाशगंगाको विषयमा आम बुझाइ अझ बढने उनको दाबी छ ।
 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल