आत्माविश्वास गुमाएको नेपाली कांग्रेस

नगिन्द्र शाही – नेपालको समग्र समृद्धि लागि प्रधानमन्त्री केपी शर्मा ओली ठोस योजनासहित अजुर्न दृष्टिका साथ लाग्नुभएको देखिन्छ । देश निमार्णमा देखिएको यो दृढताले आम जनतामा आशा र विश्वास जागेको छ ।

नगिन्द्र शाही

यसवीचमा जनतालाई राहतको महसुश हुने गरी सार्वजनिक यातायातको सिण्डिकेट अन्त्य, इन्टरनेटमा भएको मुल्य वृद्धि फिर्ता र दैनिक उपभोग्य बस्तुमा बढेको मुल्य वृद्धिमा नियन्त्रणलगायत सुसाशन कायमका लागि सरकारको प्रतिवद्धताले सरकारको लोकप्रियता बढीरहेको छ । यस अवस्थामा विरोधपक्ष यो वा त्यो वहाना गरी सरकारलाई महाभारतको युद्धमा धनुष विद्यामा निपुण बलशाली अजुर्न पुत्र अभिमन्युलाइ कौरव पक्षका महारथीले चक्रब्यूहमा फसाएर निर्मम हत्या गरे झंै सरकार असफल पार्न लागी परेका छन् ।

कांग्रेस र अन्य परिवर्तनविरोधी केही आयतित शक्ति सरकारलाइ डा.केसी नामक चक्रब्यूहमा फसाएर सरकारलाइ असफल पार्न हदैसम्मका प्रपंचहरु रचिरहेका छन् । यो चार महिनाको छोटो अवधिलाई सरकारका चारर्बष वितिसके झैं गरी प्रतिपक्षले जनतामा नानाथरीका हवाला फैलाउने काम गरिराखेको छ । केही दिन अगाडी डा.केसीको नाममा सडक सदनमा विरोधका नारा खुबै मच्चाइयो,सरकारमाथि साध्ने असफल प्रयास निकै भए । यो केसी प्रकरणमा नेपाली जनताले धेरै पार्टी, धेरै संघ संस्था र धेरै ब्यक्तिको बास्तविक चरित्र पढ्ने, बुझ्ने अवसर प्राप्त भयो ।

संविधानविरोधि शक्तिदेखि सरकारविरोधी शक्तिहरुको थोरैदिन भएपनि सडकमा नांगो नाच र्हेर्न पाइयो । कर्णालीतिर यस्तै सन्र्दभलाइ मेल खाँदा भन्ने गरिन्छ–नानो (सानो सानु) भगडा र्गनु, शत्रु मित्र छान्नु । वास्तवमा प्रतिपक्षको यो आन्दोलनले समृद्ध नेपाल र सुखी नेपालीको यो महान यात्राका विरोधी शक्तिहरुको सही समयमा पहिचान गराएको छ । डा.केसीको अनसनलाइ भ¥याङ बनाएर लोकप्रिय वर्तमान सरकारलाइ घेराबन्दी गर्ने र असफल पार्ने नियतले गरिएको यो तथाकथित आन्दोलन सरकारका निम्ति एक पाठ भएको छ । डा.केसीपक्ष संग सरकारले वार्ता गर्दा कांग्रेसलगायत आन्दोलनमा सरिक शक्तिहरुले केसीको ज्यान नजाँदासम्म बार्तामा वस्न हुन्न समेत भन्न भ्याए । यस्ता शब्द जिम्मेवार नेताहरुवाट ओकलिंदा आन्दोलनमा सहभागीको मन कस्तो भयो होला,  यो सहजै अनुमान गर्न सकिन्छ । जे होस डा.केसीको अनसनले कांग्रेसकको नकावधारी चरित्र नेपाली जनताले देख्न पाए ।

नेपालका सबै पार्टी मध्येकै जेष्ठ पार्टी कांगे्रस लोकतन्त्र, विधिसहितको शासन ब्यवस्था, मानबअधिकार लगायतका लोकतन्त्रका आधार स्तम्भहरु आफु अनुकुल ब्याख्या गर्छ । कांग्रेस नेपालमा सबै भन्दा लामो समय सत्तामा बस्ने अवसर पाएको पार्टी हो । उ सत्तामा हुँदा लोकतन्त्रको नाममा गरेका सांसद खरिदविक्रि र अपहरण जस्ता काम गरेको कांग्रेसले अरुलाई लोकतन्त्रका सिकाउनु हाँस्यास्पद छ ।

वास्तवमा केसी घटनाले धेरै लोभीपापीहरुको पापको घैंटो फुटाल्ने काम गर्यो । डा.केसीको अनसनलाई हतियार बनाएर सरकारलाई प्रहार गर्ने र आफु वलियो हुने कांग्रेसको भित्री मनसाय भएपनि त्यो सफल हुन सकेन । यो घटनापछि कांग्रेस थप कमजोर भएको छ । चोक्टा खान गएको झोलमा डुबेर मर्यो भने भै कांग्रेसलाई भएको छ ।

हिजोआज गाउँमा कांग्रेसका कार्यकर्ता विप्लवका कार्यकर्तासंगको संगतमा छन् । जुन संगत सैद्वान्तिक हिसावले कुकुर–विरालोको जस्तो हो  । तर स्थानीय तहलाई कमजोर वनाउने र चुनावमा हारेको प्रतिशोध साँध्ने काम अहिले कांग्रेसले विप्लवसँग मिलेर गरिराखेको छ । कांग्रेसजनहरुका यस्ता गतिविधि सरकारमात्र होइन, ब्यवस्था नै कमजोर बनाउन उद्यत छन् ।

डा. केसीले उठाएका माग पुरा भएका छन् । तर केसी प्रवृतिको नजिर स्थापित हुन्छ कि भन्ने आशंका छ । सबै खाले मााग सडकमा अनसन बसेर पुरा गर्न सकिन्छन् भन्ने मान्यता र केसी प्रवृतिका अन्यपात्रको उदय नहोला भन्न सकिन्न । के कांग्रेस ऐजण्डाविहिन भएकै हो ? के कांग्रेसले आत्माविश्वास गुमाइकेको स्थिति हो ? होइन भने किन कांग्रेस संघीयता विरोधी गतिविधि गर्न लागिपरेको छ ?

राजनीतिक स्थायित्व, विकास र दिगो शान्ति कायम गर्न पार्टी जुन सुकै होस्,  बलियो सत्तापक्ष हुन जरुरी छ ।  त्यतिकै जरुरी रचनात्मक प्रतिपक्षको पनि छ । हिजो आज गाउँमा कांग्रेसका कार्यकर्ता विप्लवका कार्यकर्तासंगको संगतमा छन् । जुन संगत सैद्वान्तिक हिसावले कुकुर–विरालोको जस्तो हो  । तर स्थानीय तहलाई कमजोर वनाउने र चुनावमा हारेको प्रतिशोध साँध्ने काम अहिले कांग्रेसले गरिराखेको छ । कांग्रेस जनहरुका यस्ता गतिविधिले सरकारमात्र होइन, ब्यवस्था नै कमजोर हुन्छ ।

नेपालको इतिहासमै शक्तिशाली सरकारलाई सानातिना सवाल उठाएर घेराबन्दी गर्ने र सरकारको समृद्ध नेपाल र सुखी नेपालीको महान अभियानमा गतिरोध उत्पन्न गर्ने नियत कांग्रेसको देखिएको छ । सरकार गठन भएयता सरकारले गरेका सबै जनप्रिय कामहरुलाई उल्टो अर्थ लगाउँदै निरन्तर कागकराइ कांग्रेसले जारी राखेको छ ।

छिमेकी देशहरुसंगको विगतको सम्वन्धमा यो सरकारले सफलता कायम गरेको छ । नेपालको विकासका लागि दुवै छिमेकीले रेलमार्ग, जलमार्ग, हवाइमार्ग लगायत विद्युत उत्पादनमा र ब्यपार विस्तारका लागि लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सरकारले समग्र नेपाली जनतालाई विकासको भोक जगाएको छ । सरकारका राम्रा कामलाई समर्थन गर्ने आँट कांग्रेसले देखाओस् । कांग्रेसमा सद्बुद्धी आओस् ।
    – शाही नेकपा नेता हुन् । चक्रपथबाट साभार ।

प्रतिकृया दिनुहोस