किसानको घरदैलोमा नगर उपप्रमुख दर्शना ।।

भरतराज बिष्ट 

श्रावण - ९  कालीकोट जिल्लाको तिलागुफा नगरपालीका का उपप्रमुख दर्शना नेपाली आजभोलि किसानहरुको घरदैलोमा ब्यस्त देखिनुहुन्छ ।

चुनाव जितेर नगर उपप्रमुख बनेपछि प्रत्येक किसानहरुको घरदैलोमा पुगि सुख, दुख बाँड्ने योजनाका साथ आजभोलि नगर उपप्रमुख दर्शना नेपाली किसानहरुको घरदैलोमा पुगि किसानहरुको अबश्था, उनिहरुको माग र प्रत्येकको समस्या बुझ्दै जनताको जिवनमा परिवर्तन ल्याउने आफनो प्रमुख एजेण्डा रहेको बताउनु भयो ।

तिलागुफा नगरपालीकाका प्रत्येक घरधुरिलाई उत्पादनमा केन्द्रित गरि बेरोजगारि समस्यालाई न्यूनिकरण गरि आर्थिक अबश्थामा सुधार ल्याउने नगरपालीकाको निति तथा कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

सञ्चारकर्मिको भेटमा आफु तिला गुफा नगरपालीकाको वडानं. १ देखि ९ सम्मका किसानहरुलाई भेटि नगरपालीकालाई कृर्षि अग्रानिक जोन बनाउने बिषयमा छलफल गर्ने स्पष्ट पार्नु भयो ।

 तिलागुफा नगरपालीकाको वडानं. ९ मा रहेको अग्रानिक तरकारि कृर्षि पाठसालको अनुगमनको क्रममा भात्तडि पुग्नु भयकि नगर उपप्रमुख दर्शना सँग उत्पादन गरेको तरकारिलाई ओसार पोसार गर्न पुलको समस्या भयकोले आफुहरुलाई गाह्ये भयको तरकारि किसानहरुले दुखेसो पोखेका छन् ।

किसानहरुको गुनासोलाई सम्बोधन गर्दै पुल निर्माणका लागि सम्झौता भैसकेको नगर उपप्रमुखले बताय पछि तरकारि कृषक खुशि भयका छन् ।

अर्गानिक तरकारि खेतिमा लाग्नु भयकि समय कोइरालाले तरकारि ओसार पोसारका लागि पुल भयको भय बार्षिक रुपमा लाखौ रुपैया आम्दानि गर्न सकिने बताउनु भयो ।

तिलागुफा नगरपालीकाको भात्तडिमा अर्गानिक तरकारि खेतिका लागि नगरपालीकाले प्राविधिक सहयोग समेत गरेको छ ।

तिलागुफा नगरपालीकाका जनप्रतिनिधिहरुले किसानहरुको खेतवारिमा आयर सवैलाई भेटि हौसला बढाउदै थप सहयोगका लागि प्रतिबद्धता गरे अनुसार काम पुरा गर्दै गयमा जनताको पसिनामा आर्थिक सुधार भई जिबनमा परिवर्तन आउने नेपाल मजदुर किसान पार्टिका केन्द्रिय सदस्य नमराज कोइरालाले बताउनु भयो ।

यसरि किसानहरुको घरदैलोमा पुग्ने नगर उपप्रमुख दर्शना नेपालीलाई अग्रानिक तरकारि कृषक पाठशालाका किसानहरुले अग्रानिक टमाटरको माला लगायर स्वागत गर्दै फेरि आउदा पुल निर्माण गरि आउन समेत आग्रह गरेका छन् ।  
 

प्रतिकृया दिनुहोस