प्रदेश सरकारको २५ लाख सहयोग नागरिक उत्साहित


कालीकोटःकर्णाली प्रदेश सरकारले सामाजिक अभियान्ताको सहयोगमा वनेको रास्कोट सामुदायिक अस्पतालका लागि २५ लाख पठाएको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जिल्ला अस्पताल कालीकोट र रास्कोट सामुदायिक अस्पताललाई २५÷२५ लाख पठाएको जानकारी गराउनुभयो ।

 

 

रास्कोट सामुदायिक अस्पतालमा सरकारको सहयोग नभएको भन्ने पटक पटकको समाचार पछि प्रदेश सरकारले कानुनी वाधालाई फुकाएर वजेट पठाएको जनाएको छ । रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले नगरपालिकाको स्वामित्वमा आईसकेको अस्पतालमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गर्नु भएको थियो । कानुनी जटिल्तालाई पुरा गरेर पहिलो पटक २५ लाख पठाएको जानकारी मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले गराउनु भएको नगर उपप्रमुख शाहीले वताउनुभयो ।

 

 

२५ लाख प्रदेश सरकारवाट प्राप्त भएपछि अव कोरोना पोजेटिभका बिरामीलाई उपचार गर्न केही सहयोग हुने आसा गरिएको छ । पटक पटक रेडियो नयाँ कर्णाली र गोरखापत्र राष्ट्यि दैनिक मार्फत रास्कोट सामुदायिक अस्पतालमा सरकारी सहयोग नपुगेको भन्दै सबै सरकारको ध्यानाक्रषण गदै आएकाले पनि सहयोग जुटेको अभियान्ताको भनाई छ ।

 

 

स्थानीय सामाजिक अभियान्ता तुलाराज सिम्खडा लगाएतले सुरु गरेको अस्पताल निमार्ण अभियान अन्तमा पत्रकार रवि लामिछाने लगाएतका अभियान्ता सम्म पुगेपछि नयाँ भवन वनेको थियो । चैत ३१ गते औपारिक रुपमा नयाँ भवनवाट सेवा दिदै अस्पताल नगरसरकारलाई हस्तान्त्रण गरिएको थियो ।

 

 

अस्पताल वुझ्दै नगरप्रमुख कासिचन्द्र वरालले अव यसै अस्पतालको स्तरबृद्धी गरेर ५० सैयाको वनाउने घोषणा गर्नु भएको थियो । तर १५ दिन नबित्दै नगरप्रमुख वरालकै निर्देशनमा २२ करोडको नगर अस्पताल वनाउन ठेक्का खोलिएको थियो ।

 

 

एक अस्पताललाई सेवामुलक नवनाउदै अर्को अस्पताल वनाउने ठेक्का खोल्नु बदनियत भएको भन्दै स्थानीयले बिरोध गदै आएका छन । नगरप्रमुख र केही वडा अध्यक्ष वाहेकका सबैले रास्कोट सामुदायिक अस्पताललाई ब्यवस्थीत गर्नु पर्ने अडान राख्दै आएका छन ।

प्रतिकृया दिनुहोस