पलाँताका वस्तीमै कोरोना गाउँभरी बिरामी

क्याप्सनः प्रेमराज सिम्खडा  वस्तीमा फैलिएको कोरोना परिक्षणका लागि पलाँता गाउँपालिका अध्यक्ष सहित स्वास्थ्यक्रर्मी पलाँताको वान्जडा गाउँमा तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा कालीकोटः कालीकोट जिल्लाको पालाँता गाउँपालिका भित्रका सबै वस्तीमा कोरोना सङ्क्रमण फैलिएको छ । गाउँमा बिरामी वढेको जानकारी पछि स्वास्थ्यक्रर्मी सहित गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बम वस्तीमा पुग्दा पुरै वस्तीका नागरिक ज्वरोले थला परेका थिए । 

 


हतारमा स्वास्थ्यक्रर्मीले एकै टोलका १५ जनाको एन्टीजेन परिक्षण गरेपछि ९ जनामा कोरोना भएको पुस्टी भयो । अन्यको पनि परीक्षण गर्ने तयारी हुदै थियो । झोलामा हेर्दा किट नै नभएपछि सोमवार थप बिरामीको परीक्षण गर्न नसकिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले आज (मंगलवार) थप किट लिएर स्वास्थ्यकर्मी गाउँमा पठाएको वताउनुभयो ।  

 


कोरोना भएको पुस्टी भएमा आफुलाई थप समस्या हुन्छ भनेर नागरिक कोरोना परिक्षण गराउन आउदैनन । सोमवार त्यसैले के हो  भनेर गाउँपालिकाको वडा नं २ को वान्जडा गाउँमा जादा एकै टोलका १५ जनाको मात्र परीक्षण गरिएको थियो । १५ मा नौ जनामा कोरोना पुस्टीभएपछि गाउँका नागरिक त्रसित बनेका छन । पलाँता गाउँपालिकामा कार्यरत कर्मचारी बिष्णु प्याकुरेलले वान्जडामा गरिएको परिक्षणमा आफ्नो श्रीमती सहितका ९ जनामा कोरोना देखिएको भन्दै समयमै परिक्षणका लागि आफै वस्तीमा पुग्नु भएका गाउँपालिका अध्यक्ष सहितको स्वास्थ्यक्रर्मीको टोलीलाई धन्यावाद दिनु भएको छ ।

 


उहाँले नागरिकको स्वास्थ्य प्रति ध्यान दिने जनप्रतिनिधि पलाँताले पाएको समेत वताउनुभयो । पलाँताका अन्य वस्तीमा पनि ज्वरोका बिरामी धेरै छन । सबै ठाउँमा परिक्षण गर्ने तयारी गाउँपालिकाले गरेको छ । पलाँता स्वास्स्थ्य शाखाका सहसंयोजक बिनोद न्यौपानेले आफु संग भएको सबै जनशक्ती परिचालन गरेर परिक्षण गर्ने र पोजेटिभ भेटिएकालाई आईसोलेसनमा राख्ने वताउनुभयो । पलाँता संगै जिल्लाका सबै स्थानीय तहमा ज्वरोका बिरामी धेरै छन । परिक्षण गर्ने हो् भने पक्का पनि कोरोना देखिन्छ । त्यसैले पनि धेरै जसो नागरिक स्वास्थ्य संस्थाको सम्पर्क मै आउदैनन । 

 


जिल्लाको रास्कोट नगरपालिका वडा न १ र २ का सबै वस्तीमा ज्वरो छ । सिपखाना स्वास्थ्य चौकी इन्चार्ज नमराज शाहीले परिक्षण गरौ भने किट छैन । धेरै जसो परिक्षण गरौँ भनेर पनि आउदैनन । आउनुहोस भन्दा पनि हैन ज्वरो हो, सन्चो हुन्छ भन्दै सिटामोल मागेर घर जाने गरेको वताउनुभयो । उहाँले अव त धेरै निको पनि भईसकेका छन । स्वास्थ्यक्रर्मी शाहीले किट भएर परिक्षण गर्ने हो भने ८५ प्रतिसत भन्दा वढीमा कोरोना पुस्टी हुने वताउनुभयो । 

 


रास्कोट सामुदायिक अस्पतालले किट ल्याएर परिक्षण गरेको छ । आज सम्म रास्कोटमा ८९ जना कोरोनाका बिरामी भेटिसकेका छन । जिल्लाका धेरै वस्तीमा कोरोना भएपनि परिक्षण गर्ने किट नभएका कारणले पुस्टी भने नभएको स्थानीय तहका प्रतिनिधिको भनाई छ ।   

 

 

प्रतिकृया दिनुहोस