रास्कोटमा लागेको ताला अझै खुलेन,

कालिकोट-रास्कोटमा अस्पताल निमार्णका लागि नगरपालिकाले गरेको ठेक्का रोक्न स्वास्थ्य मन्त्रालयको पत्रपछि ठेक्का रोकेको भन्दै नगरपालिकामा ताला लगाएको तीन दिन पुगेको छ । एक स्थानीय तहमा एक १५ शैप्याको अस्पताल हुनु पर्ने राज्यको निति अनुसार रास्कोटको गौतुकोटमा १५ शैप्याको अस्पताल रहेको भन्दै स्वास्थ्य मन्त्रालयले ठेक्का रोक्न पत्र पठाएपछि नगरपालिकाले ठेक्का रोकिएको सुचना गरेको थियो ।

 

 

सोही सुचनालाई वदर गर्न र ठेक्का खोल्न माग गदै निमार्ण ब्यवसायी र जग्गादाताले नगरपालिकामा ताला लगाएका छन । ताला खोलाउन स्थानीय प्रशासनले नगरपालिकाले पहल गरेपनि ताला खोलिएको छैन । रास्कोट नगरका प्रमुख प्रशासकिय अधिकृत जवान सिहं बमले आईतवार ताला लगाउने पक्षको निवेदन मन्त्रालयमा पठाईदिने उतै छलफल हुने हुदा ताला खोलाउने वताउनुभयो ।

 

 

हामीले अवरोध गरेका होइनौ । हामीले एक अस्पताल हुदा पनि अर्को वनाउ भनेर सुचना मात्र गरेका हौ । मन्त्रालयले रास्कोटमा १५ शैप्याको अस्पताल छ भनेर जानकारी पाएपछि ठेक्का रोक्न पत्र पठायो । मन्त्रालयले एक अस्पताल भएकाले यो ठेक्का रोक्नु भनेर पत्र पठाएकाले हामीले रोकेको मात्र हो प्रमुख प्रशासकिय अधिकृत बमले भन्नुभयो । यसमा हाम्रो नगरको केही दोस छैन । भइहाल्छ की भनेर आएको पैसा अस्पतालमै लगानी गरौ भनेका हौ । यो पैसा संघिय सरकारकै भएकाले उसैको निर्देशनमा हामी खर्च गर्नु पर्ने भएकाले संघिय सरकारको कुरा मान्नु पर्ने हुन्छ बमले भन्नुभयो ।

 

 

देशै भरी प्रधामन्त्री केपि शर्मा ओलीले तीन सय वढी अस्पतालको उद्घाटन गर्दा रास्कोटमा पनि अस्पतालका लागि वजेट परेको थियो । राष्ट्यि योजना आयोगका सदस्य मिनवहादुर शाहीले पलाँतामा परेको अस्पताल रास्कोटमा सारेको भन्दै पलाँताका नागरिकले पनि गुनासो गरिरहेका छन । तर त्यसो नभएर रास्कोटको स्युनामा रहेको स्वास्थ्य चौकीको स्तर उन्ननीका लागि भनेर वजेट रास्कोट आएको थियो । नगरपालिकाले आफैले स्तरउन्नतीका लागि भनेर गरेको सिफारिसका बिरुद्ध अर्को अस्पताल वनाउने भन्दै ठेक्का आवाहान गरेपछि अहिले रास्कोटमा बिवाद भएको छ ।

 

 

रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले सुचना गर्दा आफु काठमाण्डौ भएकाले जानकारी नभएको अहिले मन्त्रालयले ठेक्का रोक्नु भनेर पत्र पठाउदा मात्र थाह भएको वताउनुभयो । उहाँले मन्त्रालयको पत्रलाई वदर गर्न नसक्ने भन्दै जे हुन्छ संघिय सरकारले निर्णय लिने वरु रास्कोटमा आएको वजेटलाई यतै अन्य कुनै बिकासमा लगाउनका लागि सबैले पहल गर्नु पर्ने वताउनुभयो ।

 

 

रास्कोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष दयाराम सिम्खाडाले सुरुको कार्यपालिका वैठकमा स्युना स्वास्थ्य चौकी स्तर उन्नती भनेर पत्र पठाएको र वजेट आएको आफुलाई जानकारी भएको वताउनुभयो । उहाँले मर्मत गर्ने ठाउँमा गरौ र नगरको नाममा आएको जग्गामा नगरका अन्य कुनै भवन वनाउ भनेर आफुले नगरकार्यपालिका वैठकमा कुरा राखेको वताउनुभयो । उहाँले जग्गा सरकारका नाममा आए राम्रो छ ।

 

भोली त्यहाँ अरु नगरका संरचना वनाउला त्यसैले एक अस्पताललाई राम्रो संरक्षण गरौ र बिरोध कसैले नगरी वजेट फिर्ता जानवाट वचाउ भनेर नगरप्रमुख उपप्रमुख संग सल्लाह भईरहेको वताउनुभयो । रास्कोटका एमाले नेता बिमल शाहीले भने जहाँ नगरले जग्गा लिएको छ । त्यही ठाउँमा अस्पताल हुनु पर्ने नभए नगरको ताला नखोल्ने वताउनुभयो ।

 

स्थानीयले भने जग्गा दिने र ठेकेदारले अर्को अस्पतालको माग गरिरहेको वताएका छन । रास्कोटमा १५ शैप्याको अस्पताल स्युनाकै गौतुकोटमा अहिले सञ्चालन भईरहेको छ । स्थानीयको सहयोग र रवि फाउण्डेसनले निमार्ण गरेको अस्पताल नगरपालिकालाई समेत हस्तान्त्रण गरिसकिएको छ । नगर प्रमुख काशिचन्द वराले अस्पताल वुज्दै अव गौतुकोटको अस्पताललाई ५० शैप्याको वनाउने र स्तरबृद्धी गर्ने वचन दिनु भएको थियो । त्यस लगतै अर्को अस्पतालका लागि ठेक्का खोलेर नगरप्रमुखले नै यो बिवाद सृजना गरेको एक थरीको भनाई छ ।

 

फागुनमा पाउने समाजिक सुरक्षा भत्ता अझै रोकिने रास्कोटका नागरिकले फागुनमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता अझै पाएका छैनन । फागुनमा वाड्नु पर्ने सामाजिक सुरक्षा भत्ता कर्मचारीको अभावले वाड्न नसकेर आज भोली तयार हुदै थियो । तर नगरपालिकालमा लागेको तालाका कारणले अझै पर सर्ने नगरपालिकाले जनाएको छ । समाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नु भएका रास्कोट २ का धनप्रसाद उापाध्यायले काम हुदैछ भन्दै थिए । तर नगरपालिकामा ताला लगाएका कारणले फेरी पर सर्ने सुनाउनुभयो । नगरपालिकाले पनि कार्यालयमा ताला लगाएको र प्रशासन तथा ताला लगाउने पक्ष गम्वीर नहुदा समस्या भएको वताएको छ ।

 

आईतवार सम्म कुछौ भएन भने हामी आफैले केही गर्ने होइन । हामी पनि जनताको घरमा गएर नगरमा ताला लागेको छ के गरौ भनेर भन्छौ एक कर्मचारीले भन्नुभयो । ताला लगाएर आफ्नो माग पुरा गराउने प्रथा नेपालमा वढिरहेको छ । रास्कोटमा पनि यसको सिको गर्दा नागरिकलाई सास्ती हुने गरेको छ । जसले ताला लगाएका छन उनका घरपरिवारले पनि सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने होला । तर आ आफ्नो स्वार्थले जनतालाई धोका दिनु जायज पक्कै पनि होइन । यसमा सम्वन्धीत पक्षले बिचार पुगाउनै पर्छ ।

प्रतिकृया दिनुहोस