कालीकोटमा २० लाखको स्वास्थ्य सामग्री सहयोग

कालीकोट-कोभिड १९ को दोश्रो लहरको संक्रमण जोखिम न्यूनीकरण तथा रोकथामका लागि प्लान इन्टरनेशनलले करिब २० लाख मूल्यको कालीकोटको जिल्ला कोभिड विशेष अस्पताल र ३ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री दिएको छ । 


प्लान नेपालका साझेदार संस्थाहरु किर्डाक नेपाल, क्याड, सेडा र हुरेन्डेक नेपालमार्फत खरिद गरिएका अत्यावश्यकीय स्वास्थ्य सामग्री जिल्ला विपद् ब्यवस्थापन समिति कालीकोटमार्फत संक्रमणको समस्या बढी भएका मान्मस्थित कोभिड विशेष अस्पताल, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउपालिका र नरहरिनाथ गाउपालिकालाई सामग्री हस्तान्त्रण गरिएको हो ।  


प्लानको सहयोगमा किर्डाक नेपालले जिल्ला विपद् ब्यवस्थापन समितलाई उपलब्ध गराएको ५ सय सेट  पिपिई मध्ये कोभिड अस्पताललाई २ सय सेट र ३ वटा पालिकालाई एक एक सयका दरले दिइएको प्रजिअ कृष्ण प्रसाद आचार्यले बताए । उनकानअुसार प्लानको सहयोगमा साझेदार संस्थाहरुले ३ वटा पालिका र कोभिड विशेष अस्पताललाई सेनिटाइजर ५ सय एमएलको २ सय ५० बोतल, सेनिटाइजर एक सय ग्लालेन, केएन ९५ मास्क ६ सय थान, सर्जिकल मास्क १ हजार बक्स, आइ आर थर्मामिटर ५० वटा, फेस सिड १ हजार थान, लुज ग्लोब्स ७५ प्याकेट, सर्जिकल ग्लोब्स २५ बक्स, सोडियक हाइपो क्लोसाइड ७३ ग्लालेन, स्प्रे टंकी १४ वटा, सेनिटरी प्याड २ सय ५० प्याकेटकोसहितको सामग्रीको १९ लाख ७७ हजार एक सय एक रुपैया ९८ पैसा मूल्य छ । 

 


विपद्को बेला जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकको निर्णयानुसार स्वास्थ्य सेवा कार्यालय कालीकोटको मागअनुसार अतिआवश्यक सामग्री दिएर सहयोगी संस्थाहरुले ठूलो सहयोग गरेको प्रजिअ आचार्यले बताए । उनले कालीकोट कोरोना संक्रमणको दोश्रो लहरबाट बढी प्रभावित भएकाले संक्रमितको उपचार, उद्दार र रोकथामका प्राप्त भएका स्वास्थ्य सामग्री उपयोग हुने बताए । 

 


कालीकोटलाई प्लान नेपालको सहयोगमा प्राप्त गरेका सामग्री जिल्ला कोभिड अस्पतालसहितका स्थानीय तहले जिन्सी खातामा आम्दानी बाधेर जिल्ला विपद् ब्यवस्थापन समितिमा प्रतिवेदन बुझाउन अनुरोध गरिएको समितका सदस्य सचिव निमित्त स्वास्थ्य सेवा कार्यालय प्रमुख कटकवहादुर महतले बताए । 

 


प्लानको सहयोगमा किर्डाक सहितका साझेदार संस्थाहरुले कालीकोटमा १९ लाख ७७ हजार एक सय एक रुपैया र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिजा, हिमा र कनकासुन्दरी गाउपालिकालाई पनि २७ लाख ६१ हजार ६ सय ९ रुपैयाको स्वास्थ्य सामग्री दिएको किर्डाक नेपालका जिल्ला संयोजक एवं विपद् ब्यवस्थापन समिति कालीकोटका सदस्य तुलाराम पाण्डेले जानकारी दिए । 

 


कालीकोटमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय ३६ पुगेको छ भने ३ जना जिल्ला भित्र र ३ जनाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाएका छन् । विहीवारसम्म सक्रिय संक्रमितको संख्या २ सय ९२ जना छ । सबैभन्दा बढी कोराना संक्रमित सदरमुकामको खाडाचक्र नगरपालिका छ भने कम संक्रमित महाबै गाउपालिकामा छन् । होम आइसोलेसनमा अझै १ सय ९४ जना छन् । 

प्रतिकृया दिनुहोस