गरेके हुदैन बने चैलगाई करोडपति  

B-Yभरतराज बिष्ट    गरे के हुदैन, आमाको रातो चोलिको च्यातियको गोजिबाट रुपैया चोरेर कम्यूटर पढ्न गयका एक यूवा आज सफल ब्यबसायी भयका छन् । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीका वडानं. ५ निबासि हिरामणि चौलागाईले २०६५ शालमा आमाले लुकायर राखेको ४ हजार ५ सय रुपैया चोरेर नेपालगञ्जमा पुगि ६ महिनाको आधारभुत कम्यूटर कक्षा अध्यन गरि कालीकोटमा फर्के लगत्तै सत्यदेवि अफसेट प्रेस छापाखानाका सञ्चालनमा ल्याएका थिए ।

 

 

हाल आयर हिरामणी चौलागाँईले नयाँ फ्लेक्स प्रिन्ट मेसीन सञ्चालनमा ल्याएका छन् । २०६६ सालदेखि व्यवसाय सुरु गरेका चौलागाँईले चार हजार पाँच सय नै आफ्नो जिवनको मुख्य श्रोत भएको बताए । सानै उमेरमा बुवाको अभिभाकत्व नपायका हिरामणिले बिद्यालयमा पढ्ने उमेर ब्यबसायमा केन्द्रित गर्ने सोच बनायपछि आमाले एक एक रुपैया गरि जम्मा गरेको ४ हजार ५ सय रुपैया नै आज उनका लागि भविश्य बनेको छ । 

 

 

समाजमा सवैका फरक फरक बिचार अनि धारणा हुन्छन् । छिन्न भिन्न भयको मस्तिष्क अनि जिबनका टुटेफुटेका कडिहरुले कतिलाई त दुर्यब्यसनिमा फसाउछ भने कतिलाई त्यही पीडा नै प्रेरणाको श्रोत भइदिन्छ । यस्तै लक्ष्य प्राप्तिको अधुरो यात्राको पीडाले नयाँ काम सुरु गरेका खाँडाचक्र –५ का ३१ वर्षीय हिरामणि चौलगाँई सफल उद्यमी बनेका छन् । आफ्नो पढाई अधुरै छाड्नु परेको पीडाले हिरामणीले व्यवसायमा हात हाले । अनगिन्ति सपना बोकेका हिरामणीले आफनो पढाइ छोड्नु पर्ने मुख्य बाध्यता उनका बुवानै थिए । शिक्षक पेशामा कार्यरत उनका बुवा पे्रमध्वज चौलगाँईको साथमा घरनजिकैकोे विद्यालयमा अध्ययन गरेका उनी प्रथम, दोस्रो बन्दै आठ कक्षामा अध्ययन गरिरहेका हिरामणिको सपना त्यतिखेर अधुरो भयो । 

 

जब बुबाले दोस्रो बिवाह गरेर छोराछोरी घरपरिवार सवै छाडे । बुवासँगै आठ कक्षासम्म पढ्न पाएका चौलगाँई, बुवाको साथ छाड्नु परेपनि स्नाकोत्तरसम्म मात्र पढ्न पाए । जन्मदिने बुवाले तीन छोरा र एउटी छोरीलाई छाडेर दोस्रो बिवाह गरेर घर छोडे ।‘तीन भाइ र एक बहीनी अनी जन्मदिने आमालाई रेखदेख गर्ने सबै जिम्मा मेरै काँधमा आयो अनी के गर्ने कसो गर्ने भन्ने उद्येश्यले नयाँ कामको थालनी गरेँ’, चौलागाँईले भने । आफ्नो पढाई छाडेपछि घर व्यहार चलाउन नजान्ने हिरामणीको दैनिकी भाइहरूको स्याहार र खेतिपाती गर्नमा सिमित हुन थाल्यो । उनको ०६६ सालमा विवाह भयो । बिवाह भएपछि झन् परिवारिक समस्या उत्पन्न भयो । खेतिपाती गरेर खान धौधौ भएको वेला बिवाह भयो । भाइहरुको पढ्ने उमेर सुरु पनि भयो । अनि एकल आमालाई घरमै छाडेर तिनभाई, एक बहीनी र परिवार समेत उठाएर सदरमुका मान्म वजार पुगे । हिरामणीको विगत काल्पनीक कथा जस्तै लागेपनी यो बास्तविक हो । 

 

 

चौलागाँईले कालीकोट जिल्लाकै एक मात्र रङ्गिन अफसेट प्रेस छापाखाना सञ्चालनमा ल्याएका छन् । सानो व्यवसायबाट सुरु गरेका चौलागाँईले अहिले फ्लेक्स प्रिन्ट मेसिन, अफसेट प्रेस छापाखाना, स्टेशनरी लगाएतका सवै सेवासुविधाहरु एकै ठाउँमा दिँदा जिल्लाका स्थानिय तहहरु,सरकारी तथा गैरसरकारी कार्यालय लगाएतका सबैले चौलागाँईलाई काम दिएका छन् । चौलागाँईले वार्षिक रुपमा २० देखि २५ लाख सम्म आम्दानी हुने गरेको बताए ।

 

 

खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, उद्योग बाणिज्य संघ कालीकोटका अध्यक्ष सुर्यबहादुर शाही, नेकपा कालीकोटका यूवा नेता कमलबहादुर शाही, नेपाली काँग्रेस कालीकोटका सहसचिव तथा निर्वाचन क्षेत्र नं. ख का सभापपति दमनबहादुर शाही र प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, प्रहरि प्रमुख डियसपि श्यामबाबु ओलियाको विशेष आतिथ्यतामा भएको फ्लेक्स प्रिन्ट मेसिन उद्घाटन गरिएको छ । मेसिन उद्घाटन कार्यक्रममा सहभागि भएका सम्पुर्णले भने, ‘पहिला एकाधिकार बजार थियो, कामका लागि असहजता थियो, अब भने गुणस्तरिय सेवासँगै सस्तो, सुलभमा काम गर्न पाउँने भयौँ ।’
 

प्रतिकृया दिनुहोस