वारीमा तरकारी लटरम्म,बिग्री हुदैन

प्रेमराज सिम्खडा       कालीकोट, जेठ १९ गते । आन्द्राको क्यान्सर पछि कम्जोर भएका कालीकोट खाडाँचक्र नगरपालिका वडा नं ५ का भिमवहादुर कार्की तरकारी खेतीमा लागेको चार वर्ष भयो । आन्द्रामा क्यान्सर भएपछि अप्रेसन गर्दा लागेको ऋण तिर्ने जुक्ती खोज्दै जादा कार्कीले तरकारी खेती नै उपयुक्त हुने ठानेर ब्यवसायी तरकारी खेतीमा लागेको वताउनुभयो । 

 

 


उहाँको वारीमा अन्य खेती केही पनि हुदैन । नगरपालिका अन्तरगर्त कृषि शाखाले बिउँ संगै प्राबिधिक सहयोग मात्र गर्छ । नगरको कृषि शाखा प्रमुख प्रशुराम काफ्लेका अनुसार अन्य सहयोग केह ीगर्न सकिएको छैन । बिउ र प्राबिधिक सहयोग मात्र हो । अव केही सहयोग गर्नु पर्छ भनेर सोचिरहेका छौ उहाँले भन्नुभयो । 


कार्कीको वारीमा यतीवेला भक्तपुरे काँक्रा, भिडे खुर्सानी, लामो खुर्सानी, टमाटर, वन्दा, काउली, भान्डा आदी तरकारी प्रसस्तै छ । कोरोनाको त्रासले वन्दावनदी भएकाले तरकारी वारीमै थन्कीएको छ । केही ठेकेदारले काँक्रा र टमाटर जुम्ला लिने गरेपनि कालीकोटका सबै वजार पुरै वन्द भएकाले वारीमै कुईने गरेको छ । वारीमा पाकेका टमाटर वोटमै कुईन थालेपछि टिपेर खाली जमिनमा फाल्ने गरेको वताउनुभयो । 


खाली अरुको जमिनमा कुईको टमाटरले गडा रातै देखिन्छन । उहाँको वारी सम्म पुग्ने जो कोही निकै उत्साहीत हुन्छन । अहिले कार्कीको परिवार निकै खुसि छ । डाक्टरले वचाउन सकिदैन घर लैजानु भनेको क्षेण सम्झीदा कार्कीकी श्रीमती अझै बिछिप्त हुन्छन । तर उसै मनलाई खुसि पादै अव त केही हुदैन, काम गर्न पनि सक्नु हुन्छ म ढुक्क छु । सबै ऋण पनि तिरिसकेका छौ । तरकारी खेतीले कार्की परिवारमा उत्साह ल्याएको छ । 


खाँडाचक्र ५ का भिमवहादुर कार्की जो आफै क्यान्सर पिडित हुनुहुन्छ, उहाँले गदै आएको तरकारी फलेका टमाटर र खुर्सानी लकडाउनले गर्दा बिग्री नहुदा चिन्तीत तस्विरः प्रेमराज सिम्खडा ।

प्रतिकृया दिनुहोस