कर्णाली प्रदेशमा कारेना संक्रमितको संख्या २३

b-y ललित  बिष्ट     सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ।

 

भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या २३ पुगेको हो। यसअघि कर्णालीमा ११ जनामा कोरोना संक्रमण देखिएकोे थियो।

 

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार बबई सुब्बाकुना र घण्टाघरस्थित क्वारेन्टाइनबाट लिइएका केही नमुनामध्येमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको होे। उनीहरूको स्थायी ठेगाना खुलाइएको छैन।

प्रतिकृया दिनुहोस