गजल -न तिमी रहन्छौ, न म सम्बन्धको डोरी चुडीए पछी

गजल-सावित्री पाण्डे स्वप्रिल
न तिमी रहन्छौ, न म सम्बन्धको डोरी चुडीए पछी 
प्रेमको घर भताभङ्ग हुन्छसक्छ, मन हल्लिए पछी 

बिश्वास भनेको प्वाल परेको गाग्री जस्तै हो, मित्र
पुनः कहिल्यै पनि भरीएर रहने छैन, रित्तिए पछी 

तिमि खुसी बन्नका लागि मलाई सम्झिन्छौ, होला 
म दुखी हुन कारण चाहिन्न तिम्लाई सम्झिए पछी 

कयौं पटक मेरा खुट्टाहरु काटिएर यहा सम्म पुगे
कसले सक्छ र ? उभिन दुइटै खुट्टा काटिए पछी 

कहिल्यै नफर्किने गरि जादैछु, तिम्रो सहर छोडेर 
कि बुद्ध कित हिटलर बनेर आउछु, फर्किए पछी

प्रतिकृया दिनुहोस