जुम्लामा दुई सुरक्षाकर्मीसहित १९ जनामा कोरोना संक्रमण

by  ललित  बिष्ट    जुम्लामा १७ जना सर्वसाधरण र दुईजना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा आइतबार जुम्लाका १९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

 

संक्रमितहरु हिमा गाउँपालिकाका आठ, सिञ्जा गाउँपालिकाका नौ र दुईजना नेपाल प्रहरी रहेका छन्।प्रतिष्ठानले जनाएअनुसार हिमा–१ का ३६ र ६३ वर्षीय पुरुष, वडा नम्बर ६ का २३ वर्षीय पुरुष रहेका छन। यस्तै, वडा ५ का २६, २३, ४३, ४६ वर्षीय पुरुष र वडा नम्बर ७ का ५९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएका छन् ।

 

यस्तै, सिञ्जा–३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष र वडा नम्बर ६ का ४५, ३१, १२ वर्षीय पुरुष मा कोरोना संक्रमण भएको हो। 

 

संक्रममित दुई सुरक्षाकर्मी भने कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा खटिएका प्रहरी हुन्।

प्रतिकृया दिनुहोस