कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा कालीकोटका ९ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग

फोटो

B-Yललित      कोपिला भ्याली सेवा समाज सुर्खेतले मुख्यमन्त्रि महेन्द्र वहादुर शाहिद्धारा कालीकोट जिल्लाका ९ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

 

कालीकोट जिल्लामा रहेका ९ वटै स्थानीय तहमा रहेका क्वारेन्टाईनमा बसेका नागरिकको स्वास्थ्य सुरक्षाका लागी कर्णाली प्रदेश सरकारको समन्वयमा कालीकोट जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ ।

 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि कोपिला भ्याली समाजले स्वास्थ्य सामाग्रि कालीकोट जिल्लालाई दिएको हो । प्रत्येक स्थानीय तहलाई न्युनतम ३ सय देखि ८ सय पिस मास्क, सेनेट्राईजर, ग्लोप्स, लगायतका सामाग्री दिएको खगेन्द मल्लले जानकारी दिनुभयो। 

प्रतिकृया दिनुहोस