सुधार हुदै कर्णाली राजमार्ग

सुधार हुदै कर्णाली राजमार्गको कालीकोट खण्ड तस्वीरः प्रेमराज सिम्खडा

कालीकोट, २०६३ साल चैत्र ३० मा पहिलो पटक कालीकोट सदरमुकाम मान्ममा मोटरवाटो पुगेको थियो । एक समान वोक्ने सोराज ट्रक पुगेपछि मान्ममा खुसियाली मनाईयो । त्यस यता सडकमा मर्मत त भयो । तर वर्षातको समयमा नियमित गाडी भने गुड्न अझै पनि पाउदैनन । 

 


ठाउँ ठाउँमा भत्केका सडक र पहिरोले अवरोध भईरहने कर्णाली राजमार्ग यो वर्षवाट भने केही सुधार हुने आसा गरिएको छ । लामो समय नवनेका पुलहरु वनाउन सडक डिभिजन कार्यालय जुम्लामा ताखेता लगाएको छ भने वजेट अपुग हुन नदिन पनि प्रयास गरिरहेको छ । सडक डिभिजन कार्यालय जम्लाका प्रमुख लिलावहादुर भण्डारीले यो वर्ष चालु खर्च २४ करोड रहेको वताउनुभयो । चालु आर्थिक वर्षमा रणनिति मर्मत तर्फ नौ करोड र रणनिति मर्मत सुधार तर्फ १५ करोड गरी २४ करोड रहेको वताउनुभयो । 

 


प्रमुख भण्डारीले गत वर्षको २० करोड वजेटमा जम्मा दुई करोड मात्र खर्च भएकाले सडक सुधारमा समस्या देखिएको भन्दै यो वर्ष राम्रो उपलबधी हुने वताउनुभयो । गत आर्थिक वर्षमा कालीकोट देखि मुगु सम्म १४ करोड ६३ लाख रणनिति मर्मतमा थियो भने नौ करोड रणनिति मर्मत सुधार मध्यको वजेट सात करोड कालीकोट खण्डमा थियो । तर कोरोनाका कारणले खर्च नहुदा वाटो जिर्ण भयो । 

 


खुलालुको पुलको सात करोड ६० लाखमा छ करोड ६९ साल खर्च भएको थियो । यो वर्ष खुलालुको पुल र घट्टेखोलाको पुल पुरा हुने निमार्ण कम्पनीले प्रशासनको रोहवरमा प्रतिवद्धता गरेका छन । वर्षेनी वजेन आउने तर निमार्ण कम्पनीको लाप्रर्वाहीका कारणले समयमा वजेट खर्च नभएका कारणले कर्णाली राजमार्ग अन्तरगर्त कालीकोट खण्डको वाटो जोखिम रहेको सडक डिभिजन कार्यालयको भनाई छ । आफु आए लगतै सबै ठाउँको अनुगमन गरेर समयमा काम गर्न निर्देशन गरेको प्रमुख भण्डारीको भनाई छ । 

 


पहिलेका वर्षमा सरकारी निकाय र दातृ निकायवाट वजेट आउने भएकाले कति खर्च भयो त्यो आफुले भन्न नसक्ने वताउनुभयो । हाल सम्म कर्णाली राजमार्गमा तीन अर्व भन्दा वढी खर्च भएको केही श्रोतमा देखिन्छ । वर्षेनी १३ करोड भन्दा वढी सडक मर्मतका लागि आउने गरेको छ । तर पनि सडक सुधार हुन सकेको छैन । तर डिभिजन प्रमुख भण्डारीले भने अव सुधार हुने कुरामा बिश्वास  गर्न अनुरोध गर्नुभयो । धेरैका समस्याले सडक राम्रो नभएको हो । अव आफ्नो कार्यलयले कडाई गर्ने भएकाले यो वर्ष सडक आसा अनुसारको सुधार हुने दावि गर्नुभयो । 

 


ट्याक खुले संगै एक सय ७५ दुर्घटना 
कर्णाली राजमार्गमा गाडी चल्न सुरु भएदेखि हाल सम्म आएर  एक सय ७५ वटा सडक दुघटना हुदा दुई सय १३ जनाको ज्यान गएको प्रहरीको तथ्यांकले देखाउछ । यो तथ्यांक एक वर्ष अगाडी हो । कालीकोटमा मात्र आर्थिक वर्ष २०७२÷०७३ को तथ्यांक हेर्दा ८७ वटा सडक दुघटना भएको देखिन्छ । पछिल्लो समय टफिक प्रहरी आएपछि सडक दुर्घटनामा कमि आएको प्रहरीको भनाई छ । 

 

प्रतिकृया दिनुहोस