नेकपा एमाले पार्टी कार्यलय स्थापना

कालिकोटमा नेकपा एमालेको पार्टी कार्यालय स्थापना गरिएको छ । दुई वर्ष देखी नेकपाको कार्यालय रहेको मान्म बिचवजारमा आज एमालेको वोर्ड राखेर नेता तथा कार्यकर्ताले नारा जुलुसका साथ पार्टीको कार्यालय स्थापना गरेका हुन ।

 

पार्टी कार्यलय स्थापना गर्न नेकपा एमालेका सस्थापक नेता राजेन्द्र थापा, महिला नेतृ पार्वती सिहं, धिरवहादर बम लगाएतका नेता सहभागी भएका थिए । आजलाई होइन भोलीलाई स्थाई सरकार ओलीलाई नेकपा एमाले जिन्दावाद लगाएतका नारा लगाउदै एमाले पार्टी कार्यलयको स्थापना गरिएको छ ।

 

पार्टी कार्यलय स्थापनामा वोल्दै सँस्थापक नेता राजेन्द्र थापाले जनताले रोजेको पार्टीलाई अदालतले जिवित वनाएको प्रतिक्रिया दिनुभयो । उहाँले जनताले चाहेको एमाले हो । कार्यकर्ताले पनि त्यही चाहन्थे आज हामी फेरी त्यो पार्टीको आधिकारीक सदस्य भएका छौ यसले देशको बिकासमा अभियान चलाउने वताउनुभयो ।

प्रतिकृया दिनुहोस