अध्यक्ष बमको सफलता दक्ष चिकित्सक सेवा सुरु

कालिकोट / कालिकोटको पलाँता अस्पतालले दक्ष चिकित्सक पाएको छ । स्वास्थ्य संस्थाबाट नागरिकहरुलाई उपचार गर्नका लागि कठिनाई भएकाले गाउँपालिकाले अस्पताल निर्माणका लागि पहल थालेको थियो ।

 

अस्पताल निर्माण पछी २० जना स्वास्थकर्मीको टोलि सहित गाउँपालिकाले आफ्ना नागरिकहरुलाई पलाँता अस्पतालबाट सेवादिदै आएको छ । अब, सामान्य बिरामी हुँदा जिल्ला सदमुकाम मान्म तथा सुर्खेत नेपालगंज लगाएतका शहरमा गएर औषधी गर्नुपर्ने यहाँका नागरिकहरुको बाध्यता अहिले टरेको छ । गाउँमै अस्पताल बन्दा नागरिकहरु धेरै हर्षित देखिएका छन् ।

 

भौगोलिक दृष्टिकोणले विकट मानिदै आएको कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये कालिकोट विकट मानिन्छ । भौगोलिक अवस्थाका आधारमा विकट मानिने पलाँता गाउँपालिका नागरिकहरुले स्थानीय सरकार आएपछी विकासको महशुस गर्न पाएको बताएका छन् ।

 

अस्पतालबाट एम बि.बि.एस.चिकित्सक बिजय महत्व सहित २० जना स्वास्थकर्मीले पलाँताका नागरिकहरुलाई दिने छन् । अस्पताल सञ्चालनको लागि १ करोड ५० लाख मध्येबाट ४० लाख कर्णाली प्रदेश सरकारले सहयोग गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिनुभएको छ ।

 

यस्तै शुभकालिका गाउँपालिकाले पनि डाक्टर पाएको छ । शुभकालिका गाउँपालिकाले पनि एमबिबिएस डाक्टरको छिट्टै स्वागत गर्ने जनाएको छ ।यस अधि कालीकोटले रास्कोटमा रहेको रास्कोट समुदायि अस्पतालले चिकित्सकिय सेवा दिदै आएको थियो ।

प्रतिकृया दिनुहोस