कोरोना को मामिलामा सात वटै प्रदेशलाई रेड जोन मा राख्नपर्छ (बिष्ट)

कोरोना ले बिश्व नै तहसनहस भैरहेको बेलामा हामीले सानोतिनो गल्तीले ठूलो समस्या निम्त्याउने देखिन्छ।बिज्ञ हरुको सुझाव सगै सबै जना सतर्कता अपनाउन पर्ने देखिन्छ।

 

जुनसुकै प्रदेशमा बसोबास गर्दै हुनुहुन्छ आफुलाई रेड जोन मा छु भन्ने कुरा बुझने हो सचेत रहने हो भने हामी समस्या हुन बाट रोकिन सक्छौ।बिज्ञ हरुले पनि सरकार लाई सहि सुझाव सल्लाह दिन पर्ने देखिन्छ अरु रोग र कोरोना को मामिला मा धेरै कोण बाट हेर्न बुझ्न जरुरी छ।हामिले अहिले हरियो, पहेलो र रातो ठाँउ छुटाउदा हरियो र पहेलो मा छुभन्दै सामाजिक दुरि कायम गर्न नखोज्ने भिड्भाड हुनुकासाथै सचेत मा ध्यान नजाने झन समस्या निम्तिन सक्छ।रेड जोन मा बस्ने ले मात्र सचेत रहने सबै पसल बन्द गर्ने भन्दा नि हामी नागरिक सचेत मात्रै हुने हो भने पनि धेरै समस्या समाधान तर्फ को सुनौलो बाटो हिड्ने थियौ। 

 


हाम्रो समाजमा यो पास लिने ब्याक्ती ले झन ७ वटै प्रदेश लाई कोरोना ले जाल्ने ठुलो रोल खेलिरहेका छ्न पास हुन पर्ने संग छैन तर पावर हुने संग पास छ।कस्तो रोल खेल्दै छ पास ले मेरो बुझाई मा पास ले नियन्त्रण भन्दानी कोरोना फैलाउन ठुलो रोल खेल्दै छ जस्तो लाग्छ।यहा त कस्त्यो हुदैछ भने रेड जोन मा भएको ले पावर को पासले ग्रीन जोनमा सजिलै आवत जावत पाउने यस्तो परिपाटीले झन देशकै लागि घातक साबित हुने कुरा पक्का देखिन्छ।


हाम्रो देशमा खतरा को घण्टी त बझिसक्यो नै डबल घण्टी बझ्न बाट रोक्न देश लाई नै रेड जोन मा राख्दै देश ब्यापी सचेतना मुलक कार्यक्रम गर्न आबसेक देखिन्छ र पास सबै रद्ध गर्नुका साथै एक अर्को प्रदेश मा आवत जावत मा कडाइ गर्न जरुरी देखिन्छ।  जनस्वास्थ्य विद्यार्थी-प्रकाश कुमार बिष्ट,कालिकोट

प्रतिकृया दिनुहोस