एकता नै नेकपाको एउटै बिकल्प हो – अध्यक्ष बम

कालिकोट- जिलाको पलाता गाउँ पालिका अध्यक्ष तथा ने क पा का होनहार युवा नेता लक्ष्मण बहादुर बम पलाती कान्छा समाजिक संजाल मार्फत आफ्नो धारणा राख्दै यस्तो लेख्नु हुन्छ ।

 

इतिहासमै बिसाल दुई पार्टी एकता भएर हवाईजहाज चालको संज्ञा दिदै दुई अध्यक्ष बनाएर दुई तिहाई जनमत ल्याएर विशाल पार्टीको धाक दिने लाखौ नेता करोडौं समर्थक निर्माण गरेको एक अल्पायु लिएर जन्म भएको दुई तिहाई सरकार निर्माण भयो तर यस्को आयौ नसकिदै गलत ठाउमा अबतरण गर्न खोजेर दुर्घटनाको संघ्या दिदै रातो बत्ती बाल्ने बाताबरण गराउनु नेतृत्व मात्र नभई त्यस्को चाटर पुर्ब चेक गर्ने मेकनिकल पार्ट हेर्ने मेकनिकल ईन्जिनियर , तेल चेक गर्ने श्रोत , त्यस्मा रहेको हवाईजहाज सहजकर्ता को पनि कहि न कहि हात रहने गर्छ।

 

सबैले हैसियत अनुसारको जिम्मेवारी लिनै पर्छ यो न नेताका लागि न कम्युनिस्ट आन्दोलन का लागि राम्रो हुदैन र ईतिहासले यस्को ठूलो समीक्षा गर्ने छ बेलैमा सच्चिएर कोभिडले माक्स लगाउन सिकाएको समाजमा नेतालाई नाख मुख र आँखा पनि छोप्नु पर्ने गरि माक्स कम्पनी मा अडर गर्नु पर्ने बाध्यता सिर्जना नहोस् भनेर सबैमा सजक रहन अनुरोध छ । एकता नै नेकपाको एउटै बिकल्प हो ।

 

कम्युनिस्ट आन्दोलन भनेको छुट्टै वर्गीय आन्दोलन हो । यसको ऐतिहासिक प्रक्रिया, रणनीतिक उद्देश्य र गन्तव्य सारभूत रूपमै भिन्न हुन्छ । अर्थात् औसत संसदीय लोकतान्त्रिक दलहरू र कम्युनिस्ट पार्टीबीचमा राजनीतिक उद्देश्य, प्रक्रिया र गन्तव्यमा आकाश धर्ती फरक हुन्छ । कामकारबाहीहरू पनि भिन्न हुन्छ । यसो भएपछि राजनीतिक कार्यदिशा पनि आधारभूत रूपमै फरक हुन जान्छ ।

 

कम्युनिस्ट आन्दोलनको रणनीतिक उद्देश्य सुहाउँदो कार्यदिशा विन्यास गर्ने विषय असाध्य गम्भीर र पेचिलो प्रक्रिया हो । त्यसैले कम्युनिस्ट पार्टीको कार्यदिशा भनेको रणनीतिक गन्तव्यमा पुग्ने मार्गचित्र हो । यसमा सही कार्यदिशामार्फत बलिदानीपूर्ण, कष्टसाध्य र घुमाउरो बाटो हुँदै उन्मुक्त मानव समाज निर्माण हुन्छ ।

प्रतिकृया दिनुहोस