जनता बाचे मात्र राजनिती बाच्ने हो

कालिकोट भदौ २५           यति बेला सिङ्गो बिश्व नै कोरोना भाइरस  माहामारिले तनाब ग्रस्त छ,    बिज्ञान लाई नै चुनौती दिएको छ Covid-19 ले हाम्रो देश पनि अछुतो रहेको छैन यस माहामारी बाट, अझ भनौ हाम्रा सहर ,गाउँ, टोल-टोल सम्म बाकी रहेको छैनन सङ्क्रमण बढीरहेको छ, हरेक प्रत्येक दिन तिब्र गतिमा देशको आर्थिक तन्त्र दया लाग्दो छ , देश का नागरिक हरु पसिना चुवाएर बिहान बेलुका हात मुख जोड्ने गर्दथे,अहिलेको सरकारको अर्थहिन लकडाउन ले प्रत्यक्ष मारमा गरिब निमुखा जनता परेको छ्न। 

 

शैक्षिक सस्था हरु अस्तब्यस्त छन, स्कुल को हालत बर्खा को झार ले चिन्न नसकिने भएको छ,देशमा श्रमजिबी बर्ग हरु घाटिमा माटो दलेर बस्नु पर्ने स्थिती छ,जता हेर्यो भोकमरी र हाहाकार मच्चिएको घटना हरु ले जनता हरु अभिबाबक गुमाएको नाबालक जस्तै अन्योलमा छ्न , तर बर्तमान सरकार र सरोकारवाला निकाय मस्त निन्द्रा मा निदाएको देखिन्छ। देश यस्तो हालतमा गुज्रीरहेको बेला बजार मा कालाबजारि, दुई नम्बरी, कमिशन खोर र भ्रस्टाचार को गति आफ्नै रफ्तार मा छ त्यसको प्रत्यक्ष मार सोझा साझा श्रमजिबि माझ पर्न गएको छ !                                                                                                                                                           

 लकडाउन त केबल ज्याला मजदुरी गरेर खाने हरुका लागि मात्र भएको छ यहा, सरकारी गाडी अर्थात  रातो नम्बर प्लेट का गाडिहरु मा क्षमता भन्दा बढी मान्छे कोचेर चलाउदा फाइन तिरेर डबल भाडा असुलेर हिड्दै गरेका सरकारी माफिया हरुलाइ दशै लागेको छ।                                                                                                                                                 

 

बिचरा जो किस्ता बन्दी मा गाडी झिकेर ब्याच चुक्ता गर्न नसकिन आत्महत्या रोज्दैछ्न उनीहरु का लागि कुनै बैकल्पिक उपाय सम्म नखोजिनु यहाँ नीर सरकारको चरम लापरबाही देखिन्छ, साना तथा मझौला ब्याबशायी सटर भाडाको चर्को मारमा छन, हरेक सर्बशाधरण को प्रत्येक पल गहिरो पिडा मा गुर्जिरहेको छ सास्थ्य क्षेत्रको लापरबाही कुरा त गर्दै नगरौ कतिसम्म छ स्वास्थ्य चौकिमा सिटामोल सम्म पाइदैन यस्तो अबस्थामा पनि ,टर्च बालेर उपचार गर्दैछ्न हत्केलामा ज्यान राखेर स्वास्थ्यकर्मी हरु  !!         

                                                                                                                                                             

Covid-19 ले गर्दा बर्तमान परिबेश निकै संबेदनसिल परिवेस बनेको छ, हरेक नागरिक सचेत हुन जरुरी छ, हाम्रा देशका अबसरबादि लुटुवा नेताहरुको हाडिजात्रा सुरु भएको छ निकै दुख लाग्छ कुन चेत बाट राजनिती गर्दैछ्न के जनता प्रती कत्ती माया नभएको हो त ? भोटको  यति धेरै माया लाग्ने रहेछ त ? के नेतृत्वकर्मी हरु लाई भोटको बाहेक  जनता को कत्ति पनि माया नलाग्ने रहेछ त ? कि बिश्व यति बेला संकटमा छ भन्न्ने कुरा बिर्सिएको छन, याद छैन र ? देश ले अनेकौ पीडा हरु ब्यहोर्न परेको छ।      

 

 बाढिपहिरो र बिपद जस्ता प्राकृतिक प्रकोपले देश नै सोकमन्न छ, तर केही अबसर बादी  हरु आफ्नो पार्टी सगठन बनाउन निकै ब्यस्त देखिन्छ्न,गाउँ मा सयौ को सङ्ख्या मा गाउँ ,गाउ छिरेर हजारौ सोझा जनता लाई मैदान मा ओरालेर पाटी प्रबेश गराउने कार्यमा  देखिन्छ्न! जिल्ला का  जिम्मेवार ब्यक्ती हरु नै माहामारी र बिपद को प्रवाह नगरी , जनता को समस्या मलम लाउनु सट्टा गाउँ गाउँ छिरेर कोरोना नाशो छोडेर आउदैछ्न,सिटामोल सम्म नापाउने गाउमा अस्पताल भन्ने शब्द सम्म नसुनेका जनता माझ कोरोना पुग्यो भने यसको जिम्मेवार को बन्ने ?                                                                                                                                                             

       

जनता बाचे पछि मात्र नेतृत्व बाच्दछ,राजनिती बाच्दछ ,त्यसैले मेरो अनुरोध छ माहामारी र बिपदबाट जनता लाई बचाउने आइडल खोज्नु होस ,भोट का आइडल आफै तयार हुनेछ्न, सबै नीति र विधि लाई सम्मान साथ  समेटेर राजनिती गर्ने हरुको लाजनिती बन्द गरियोस ! अरु बेला मा गाउँ मा फर्केर नहेर्ने,जनता का समस्या हरु लाई  तेरो कुडो मेरो घुँडो भन्दै सहरका 5 स्टार मा मस्ति गर्ने हरु यति बेला जनता लाई राहत लगेर जानू पर्ने ठाउमा लाच पचाएर संगठन र पाटी निर्माण को लागि खै कुन नाकले लकडाउलाई स्वमिम अबसर बनाएको छ्न ।             

                                                   

सरकार तै चुप मै चुप छ।आखिर को बन्ने जिम्मेवार? कसले गर्ने जनता को लागि काम? कसले कसरी जनता बचाउने? बर्तमान समयमा यी प्रश्न आँसु सकिएर रगत चुहाल्दै बोलिरहेका छ्न कर्णाली का जनता  ।  


                                              लोकेश पोख्रेल 
                           अध्यक्ष कर्णाली प्रदेश सेवा समाज नेपाल !

प्रतिकृया दिनुहोस